• patharionline@gmail.com
  • पथरीशनिश्चरेमा प्रथम कला साहित्य उत्सव हुने

    कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ ।
    नगरपालिका अन्तर्गत गठित ‘कला साहित्य प्रवद्र्धन समिति’को मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्यून’को सहआयोजनामा जेठ १८ र १९ गते उत्सव हुने भएको हो ।

    उत्सव आयोजक समिति संयोजक धनराज राई अमीरले प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा साँस्कृतिक झाँकी सहित कार्यक्रम उद्घाटन् हुने आजको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
    पथरीको सिनभिलेज पार्टी प्यालेसमा हुने कार्यक्रमको महिलो दिन नगरमा रहेका विभिन्न जातजातीका साँस्कृतिक झाँकी पथरी बजार परिक्रमा गरेपछि सभामा परिणत हुनेछ ।

    त्यसपछि नगरका साहित्य र शिक्षाका अग्रज स्वर्गीय चन्द्रमान कन्दङ्वालाई मरणोप्रान्त २५ हजार रुपैया राशी सहित उहाँको मुहारचित्र र ताम्रपत्रले सम्मानित गरिने कार्यक्रम छ । यसका साथै पथरीशनिश्चरे क्षेत्रको कलाका बारेमा भूपेन्द्र तिम्सिनाले र साहित्यको अवस्थाका बारेमा रोहित पराईले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । दोस्रो दिन प्रदेश नम्वर १ का प्रतिनिधि सर्जकहरुको सृजना प्रस्तुति रहने छ ।

    मोरङको साहित्यको अवस्थाका बारेमा प्राज्ञ विवश पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । दुवै दिन पूर्वको चर्चित हाँस्य टेलिश्रृखला ‘दोबाटे’ का कलाकारहरुबाट प्रहसन, स्थानीय कलाकारहरुबाट मौलिक गीत र नृत्यका साथै चित्रकला मूर्तिकलाको प्रदर्शनी समेत हुनेछ ।कार्यक्रमका लागि ३ लाख ५ हजार रुपैयाँ बजेट तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०