• patharionline@gmail.com
  • त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ जना पुग्यो, मृतकहरुको नाम खुल्यो

     


    काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारमा आइतबार बिहान भएको दुर्घटनामा ९ जनाको ज्यान गएको छ । ज्यान जानेहरुको नाम खुलेको छ । पृथ्वी राजमार्गबाट ५० मिटर तल ना. ७ ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख (इन्सपेक्टर) नवराज ढुंगेलले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा इलामको कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी छन् ।
    यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । उनीहरुको भने ठेगाना खुल्न नसकेको इन्सपेक्टर ढुंगेलले जानकारी दिए । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै वतन नखुलेको अन्दाजी ३०र३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २०र२२ को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो । दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो ।

    प्रतिकृया दिनुहोस

    विश्वकप क्रिकेटः विश्वकपकै रोमान्चक खेल आज, भारत र पाकिस्तान भिड्दै

    • २०७६ असार १, आईतवार ०३:४९ गते

      आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । विश्वकपकै ठुलो खेलको रुपमा रहेको भारत र पाकिस्तानबीचको खेल ओल्डट्राफोर्डमा मैदानमा हुनेछ । उपाधि

    भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

      भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार

    सभाखोलामा पौडी खेल्न गएका एक बेपत्ता

      संखुवासभाको खाँदबारी–९ सभाखोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । शनिबार पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका – ११ का १७ वर्षीय शहदेव