• patharionline@gmail.com
  • क्षयरोग खोजपड्तालका लागि नगरको अभियान

     

    मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा क्षयरोगीको खोजपड्ताल गरी उनीहरुको उपचार अभियान अघि बढाइने भएको छ । आज नगरपालिकाले आयोजना गरेको ‘क्षयरोग खोजपड्तालको लागि घरदैलो अभियान तथा माइक्रोस्कोपिक शिविर सञ्चालन अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी’मा आउँदो सोमबारबाट घर घरमा क्षयरोगीको खोजपड्ताल गरिने जानकारी गराइएको छ । नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका सहित जनप्रतिनिधिहरुको सहभागितामा सोमवारदेखि वडा वडामा घरदैलो अभियान थालिने जनाउनु भयो । गोष्ठीमा कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकाको सहभागिता थियो । गोष्ठीमा नगर प्रमुख दिलिपकुमार राईले स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको जनाउँदै क्षयरोग स्वासप्रस्वासबाट जसमा पनि सर्न सक्ने भएकाले सवैले स्वास्थ्य परीक्षण गराएर निरोगी भएको प्रमाणित हुन नगरवासीलाई अनुरोध गर्नुभयो । जसका लागि खकार परीक्षण गर्नुपर्ने हुन्छ । जनस्वास्थ्यको सातौं समस्याका रुपमा रहेको क्षयरोगलाई निर्मूृल पार्न सवैको सक्रिय सहभागिताको अपेक्षा गरिएको कार्यक्रममा जिल्लाका क्षयकुष्ठ कार्यक्रम अधिकृत मुलुकचन्द्र राजवंशीले नेपालमै नमूना कार्यक्रम पथरीशनिश्चरे नगरले सुरुवात गरेको बताउनु भयो ।
    आम्दा नेपालबाट मनोसामाजिक परामर्शका बारेमा बताइएको थियो । विएनएमटी विराटनगरकी पुनम विष्ट, पथरीशनिश्चरे स्वास्थ्य सहसंयोजक जगत मगर सहितले क्षयरोगका बारेमा प्रष्ट्याउनु भयो । पथरीशनिश्चरेमा गत आर्थिक वर्षमा १ सय १३ र जना र चालु आर्थिक वर्षको हालसम्म १ सय २० जना क्षयरोगीले औषधि सेवन गरिरहेको तथ्यांक छ । नेपालमा वयस्क उमेरका ४५ देखि ५० प्रतिशत मानिसलाई क्षयरोग देखिने गरेको छ । ४५ हजार क्षयरोगी नेपालमा भएको जनाइएपनि हालसम्म ३२ हजार ४ सय ७४ जनाको मात्र पहिचान भएकोमा बाँकी रहेकाको खोजपड्ताल आवश्यक रहेको उल्लेख छ । नेपालमा वार्षिक रुपमा क्षयरोगले ५ हजारदेखि ७ हजार मानिसको ज्यान जाने गरेको छ । सन् २०५० सम्ममा रोग निर्मूल गर्ने सरकारको लक्ष्य छ ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक