• patharionline@gmail.com
  • आज २५६३ औँ बुद्ध जयन्ती, किरात समुदाय उभौली मनाउँदै

     


    वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा यसको महत्त्व छ । हालको लुम्बिनी क्षेत्रमा इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मेका थिए । सुरुमा उनको नाम सिद्धार्थ राखिएको थियो । उनी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए । गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ । बुद्ध जयन्तीका अवसरमा काठमाडौँको बौद्ध, स्वयम्भू, चारुमती विहार, लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानका बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्धवाणीसम्बन्धी प्रवचन, शोभायात्रा र शान्ति पदयात्रा निकालिँदै छ । किरात समुदायको उभौली चाड पनि यसैदिन मनाइन्छ । यस्तै सनातन हिन्दु धर्मावलम्बीहरूमध्ये केहीले यसै दिन देवाली, गोठधुप गर्छन् । वैशाख शुक्ल पूर्णिमा सेरोफेरोमा काठमाडौं उपत्यकामा विभिन्न जात्रा चल्ने गर्छन् ।

    प्रतिकृया दिनुहोस

    विश्वकप क्रिकेटः विश्वकपकै रोमान्चक खेल आज, भारत र पाकिस्तान भिड्दै

    • २०७६ असार १, आईतवार ०३:४९ गते

      आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । विश्वकपकै ठुलो खेलको रुपमा रहेको भारत र पाकिस्तानबीचको खेल ओल्डट्राफोर्डमा मैदानमा हुनेछ । उपाधि

    भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

      भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार

    सभाखोलामा पौडी खेल्न गएका एक बेपत्ता

      संखुवासभाको खाँदबारी–९ सभाखोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । शनिबार पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका – ११ का १७ वर्षीय शहदेव