• patharionline@gmail.com
  • पत्रकारलाई एक करोडसम्म जरिवानाको प्रस्तावबाट प्रदेश २ सरकार पछि हट्यो

     

    चौतर्फी आलोचना भएपछि प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारसम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्ने भएको छ । प्रदेश नम्बर २ सरकारले विधेयकमा राखिएको ५० लाखदेखि एक करोडसम्म जरिवानाको व्यवस्था फिर्ता लिने भएको हो । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले विज्ञप्ति निकालेर सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकाशन तथा प्रशारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरीवाना गर्ने भन्ने प्रावधान संशोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उक्त विधेयकको व्यापक विरोध भएपछि भोलिपल्ट शुक्रबार मन्त्री यादवले समाज रुपान्तरणको सारथी रहेको पत्रकारिता जगतलाई प्रतिकुल असर पर्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको हो । उक्त विधेयक बिहीबार प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गरेको थियो ।

    प्रतिकृया दिनुहोस

    विश्वकप क्रिकेटः विश्वकपकै रोमान्चक खेल आज, भारत र पाकिस्तान भिड्दै

    • २०७६ असार १, आईतवार ०३:४९ गते

      आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ । विश्वकपकै ठुलो खेलको रुपमा रहेको भारत र पाकिस्तानबीचको खेल ओल्डट्राफोर्डमा मैदानमा हुनेछ । उपाधि

    भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

      भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार

    सभाखोलामा पौडी खेल्न गएका एक बेपत्ता

      संखुवासभाको खाँदबारी–९ सभाखोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । शनिबार पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका – ११ का १७ वर्षीय शहदेव