• patharionline@gmail.com
  • केन्द्रीय सदस्यसहित नयाँ शक्ति पार्टीका २०८ जना नेकपामा प्रवेश

     

    नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए । मन्त्री ढकालले नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गरे । उनले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारण रखे । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्वजनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नं क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक