#

पथरी बहुमुखी क्याम्पसको विगत र वर्तमान

  पथरी अनलाइन   २४ श्रावण २०७५, बिहीबार

 

 

 

 

 

भूमिप्रसाद पाठक

क्याम्पसको ऐतिहासिक पृष्ठभूमि:

मोरङ जिल्ला अवस्थित पूर्वी भेगमा रहेको पथरी बजार हरेक हिसाबले सुगमनै मानिन्छ । यस्तो अनुकूल भौगोलिक अवस्थामा हँुदाहुदै पनि अनेक बिषय परिस्थितिका कारण स्नातक तहको शिक्षा दिन नसकिरहेको अवस्थामा पञ्चायत मा.विको संयोजन र पहलमा मिति २०६३ पुस १५ मा स्थानीय राजनीतिक दल, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्दिजीवी, व्यापारी, उधोगपति, सञ्चारकर्मी अभिभावक तथा विद्यार्थीको प्रतिनिधिमूलक भेलाले यस क्षेत्रमा स्नातक तहमा टाढा जानुपर्ने बाध्यतालाई हटाउदै प्रस्तावित पथरी वहुमुखी क्याम्पसको स्थापना गरेको हो । उक्त निर्णयलाई निरन्तरता दिँदै तत्काल कार्यन्वयन गरी कार्यक्रम सञ्चालन गर्न, सोही मितिमा मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा १९ सदस्यीय क्याम्पस तदर्थ समिति गठन गरिएको थियो । यही समितिको भरपुुर प्रयासबाट २०६४ साल कार्तिक १७ गते विधिवत रुपमा त्रि.विमा सम्वन्धन प्राप्त गरेपछि बिहानी सत्रमा ८ जना प्राध्यापक र ५६ जना विद्यार्थीसहित पञ्चायत मा.विको भवनमा बीएड र बीबीएसका कक्षा सुरुवात गरिएको थियो । पथरी बहुमुखी क्याम्पसले हालसम्मको अवस्थामा आइपुग्दा आफ्नै जग्गामा सुविधा–सम्पन्न २० कोठे २ तले शिक्षण भवन, प्रसाशनिक भवन, अतिथि गृह, चमेना गृह, पाले गृह, शौचालय पक्की, घेराबारा, प्रवेशद्वार, साइकल स्ट्याण्ड, २ वटा टेवलटेनिस बोर्ड, बास्केट बल कोर्ट, भलिबल तथा टेनिस कोर्ट समेतको ब्यवस्थापन गरेको अवस्था छ । पथरी बहुमुखी क्याम्पस निर्वाचन क्षेत्र नं ३ कै एक मात्र उच्च शिक्षा प्रदान गर्ने जनसहभागिता र सहयोगमा सञ्चालित नाफारहित विशुद्द सेवाप्रदायक सामुदायिक शिक्षण संस्था हो । पथरीशनिश्चरे नगरपालिकाको वडा– नं १ मा रहेको यो क्याम्पस जनस्तरबाट सञ्चालित भएकाले यस क्षेत्रका दाताहरु , नगरपालिका, गाउँपालिका, विश्वविद्यालय अनुदान आयोग लगायत अन्य विभिन्न दातृ सँस्था र नगरपालिकाबाट सहयोग प्राप्त भइरहेको सर्वविदितै छ । यस क्याम्पसको सेवाक्षेत्र प्रत्यक्ष रुपमा मोरङकै पथरीशनिश्चरे, सुनबर्षी, लेटाङ नगरपालिका तथा कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाहरु हुन भने अप्रत्यक्ष रुपमा प्रदेश नं–१ का पूर्वी पहाडी जिल्लाहरु हुन । जहाँबाट यिनै क्षेत्रबाट स्नातक तहको शिक्षा आर्जन गर्न यस क्याम्पसमा विद्यार्थीहरु आउने गरेका छन् । अहिले यस क्याम्पसमा ४ सय ५१ जना विद्यार्थी अध्ययनरत छन । २२ जना प्राध्यापक, १२ जना पूर्णकालीन जसमा ५ जना उपप्राध्यापक र बाँकी करार सेवामा र ४ जना कर्मचारी र ४ जना स्थायी र ३ जना अस्थायी कार्यरत छन् ।

यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा व्यवस्थापन सङ्काय अङ्ग्रेजी र नेपाली दुवै माध्ययम, शिक्षाशास्त्र सङकायमा नेपाली, अङग्रेजी, जनसङख्या र स्वास्थ्य शिक्षा र मानविकी तथा सामाजिक सङ्कायमा अङ्ग्रेजी, जनसङ्ख्या र समाजशास्त्रका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । तर मानविकी संकायमा अत्यन्तै न्यून विद्यार्थीहरु रहेको तथ्याङ्क छ । क्याम्पसको सङ्गठन संरचना निर्माण भएको छ । बिषयगत शिक्षण समितिहरु गठन भएका छन् । ती समितिले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । प्राध्यापकहरुलाई कम्प्युटर सम्वन्धी तालिमको व्यवस्था गरिएको छ । ९ जना प्राध्यापकलाई आधुनिक प्रविधिसँग शिक्षण सिकाइ गर्नका लागि ल्यापटप वितरण गरिएपनि त्यो शिक्षण गर्न सकिरहेको छैन । यस क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले प्राण भर्ने काम गरेको छ । आयोगद्धारा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाको पहिलो चरणमै यो क्याम्पस छानिएको हो । क्याम्पसमा क्युएए कमिटि, स्वअध्ययन मूल्याङ्कन कमिटि, आन्तरिक गुणस्तर अनुगमन समिति, शैक्षिक परीक्षण समिति, खरिद समिति, अनुसन्धान विकास समिति लगायत विभिन्न उपसमितिहरु गठन भई आफ्नो कार्य गरेको अवस्था रहेको छ । क्याम्पसका सबै कामहरुको दस्तावेजीकरण गर्ने काम भइरहेको छ । १ सय २० वटा प्रश्नको एकसय पूर्णाङ्कको सूचकाङ्क भएको स्वअध्ययन मूल्याङ्कन प्रतिवेदन एसएसआर हालसालै बुझाएको अवस्था छ । गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्तिका लागि यो क्याम्पस अन्तिम चरणमा आइपुगेको छ । यस क्याम्पसमा २५१ पुरुष ५१ महिला र ११ संस्थागत परिषद् सदस्य छन् । ३१३ जना परिषद् रहेका छन् ।

राजनीतिले गाँजेको क्याम्पस
स्थानीय राजनीतिक दलबाट स्थापित यस क्याम्पस राजनीतिबाहेक अरु केही भइरहेको छैन । यतिबेला यो क्याम्पस शिक्षक नियुक्ति प्रकरणमा राजनीतिक दलका कार्यकर्ताहरुलाई नियुक्ति दिने परिपाटीले यो क्याम्पस अछुतो बन्न सकिरहेको छैन । नातावाद, कृपावाद, आफन्तवादको भर्तिकेन्द्र बन्दै गइरहेको छ । गत जेठ २७ गते शिक्षण सहायक नेपाली र अङ्ग्रेजी विषयमा १/१ वटा पदको विज्ञापन गरे पनि, राजनीतिक विवादका कारण त्यो विज्ञापनको परीक्षा हुन सकिरहेको छैन । नियम मिचेर गरिएको विज्ञापन खासगरी आफ्ना नजिकका नातेदार, आफन्तलाई नियुत्ति गर्ने भनेर यतिबेला परीक्षा रोकेको वाहानामा अनेकौ चलखेल भइरहेको छ । समस्यालाई समाधानको बाटोतिर लैजानुपर्ने, झन जटिल बाटोतिर गइरहेको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको अन्तिम प्रवेश सेवा उमेर ४५ वर्षलाई लत्याएर ४० बनाइएको यो क्याम्पस राजनीतिक दलको भासबाट माथि उठ्न सकिरहेको छैन् । विद्यार्थी आन्दोलनबाट फेसवुकमा राजिनामा दिएका क्याम्पस प्रमुखको नाटकीय शैली निकै गजबको छ । २०७३ फागुण ८ गते शिक्षण सहायकमा भीमप्रसाद लुइटेललाई नियुक्ति गर्नुबाट के पुष्टि हुन्छ भने ५३ वर्षमा जथाभावी नियुक्ति गरेको छ । अरुलाई उमेरको हदबन्दी लगाएर आफ्ना–आफन्तलाई नियुक्ति गर्ने परिपार्टी पहिले देखिनै यस क्याम्पसको ठूलो रोग हो । धेरै प्राध्यापकलाई यसरी नै नियुक्ति गरेको छ । २०७४ साउन २७ गते क्याम्पस प्रमुखमा नियुक्ति भएका चेतन पौडेललाई सञ्चालक समितिले नियुक्ति–पत्र नदिएर लाचार बनाइएको थियो । आफ्नो जागिर जोगाइदिन सञ्चालक समितिले कुनै दवाब दिएको थिएन । २०६३ पुस–२७ गते पथरीशनिश्चरे–४ को भागीरथ मा.विमा नियुक्ति भएका पौडेलले क्याम्पस प्रमुख एकातिर राजिनामा बुझाउने प्रतिवद्दता जाहेर गरेपनि अटेर गरेर बसेका थिए । आफ्नै पार्टीका मान्छेहरु भएका कारण दुवैतिर जागिर खाएका थिए । त्यति मात्र होइन, त्रि.विको स्नातक तहको परीक्षा हुँदा केन्द्राध्यक्ष र भागीरथ मा.विमा दुवैतिर सही गरेर एकछत्र जागिर खाएका छन् । नि.मा.विका अस्थायी परीक्षा दिएका उनले जता अवसर आउँछ उतै टाँसिने स्वभावका कारण अवसर हेरेर अघि वढ्ने उनको स्वभाव छ ।

अहिले क्याम्पसले भोगेका समस्याहरु – यस क्याम्पसले भोगेका प्रमुख समस्य भनेको आर्थिक समस्या नै हो । यसले गर्दा यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीलाई तलव भुत्तान गर्न सकिरहेको छैन् । क्याम्पसलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्न एमफिल/विद्यावारिधि गर्न अवसर प्रदान नसक्नु पनि हो । अहिले विद्यार्थी वृद्दि हुने हुदा कक्षाकोठा अपुग भएकाले, विश्वविद्यालय अनुदान आयोग शिक्षण भवन तेश्रो तल्ला निर्माण हुने । अर्को समस्या भनेको परीक्षाफललाई परिणात्मक र गुणात्मक रुपमा अभिवृद्दि गर्न नसक्नु, स्नातक तहमा नयाँ–नयाँ प्राविधिक बिषय ल्याउन नसक्नु, नियमित दिगो आयश्रोत पहिचान व्यवस्थापन गर्न नसक्नु, समुदायसँगको सम्वन्धको लागि कार्यक्रम ल्याउन नसक्नु पनि हो । समावेशी कक्षाकोठा व्यवस्थापन गर्न नसक्नु, सरोकारवाला पक्षवीच अझ निकटतम सम्वन्ध स्थापित गर्न नसक्नु जस्ता जल्दाबल्दा समस्याले जेलिएको छ । दिनानुदिन विद्यार्थी ‘ड्रप आउट’ हुने संख्या वृद्दि हुनु क्याम्पस तहको व्यवस्थापन गर्न नसक्नु स्नातक तहका कार्यक्रम मात्र सञ्चालन हुनु, अरु कुनै नयाँ कार्यक्रम ल्याउन पहल नगर्नु पनि हो ।

समाधानका उपायहरु – राजनीतिक दलबाट रङ्गिएको यस क्याम्पस राजनीतिक दलभन्दा पनि विशुद्द संस्थागत ढंगबाट अगाडि बढाउन जरुरी छ । नातावाद, कृपावाद र आफन्त प्रवेशलाई रोक लगाउन जरुरी छ । विशुद्द नाफामुखी नभएको यस क्याम्पसलाई त्रिवि नियमनुसार शिक्षक नियुक्ति, त्यसको मापदण्ड अनुसार परीक्षा लिने परिपार्टी गर्न जरुरी छ । क्याम्पस विधान क्याम्पसका प्राध्यापक र कर्मचारी चलाउने भएकाले त्यही अनु?प चुस्तदु?स्त सञ्चालक समिति गठन गर्ने, राजनीतिक झुकावभन्दा काम सम्पादन गर्ने सञ्चालक समिति बनाइनुपर्ने छ । अहिले स्थानीय सरकार बनेको अवस्थामा यस नगरको एकमात्र उच्च शैक्षिक संस्था भएका कारण नगरपालिकाले यस क्याम्पस विशेष प्राथमिकतामा राख्नुपर्ने छ । पथरीमा रहेका स्थानीय संघ–संस्थासँग समन्वय गरी स्रोत पहिचान गर्ने कार्यको थालनी गर्नु आवश्यक रहेको छ । यस क्षेत्रका सामुदायिक वनका अगुवाहरु सहकारीका अभियन्ताहरुसँग क्याम्पसको हक र हितका लागि र साझेदारी कार्यक्रम गर्न एकदमै आवश्यक छ । स्थायी परीक्षा केन्द्र बनाउन सम्वन्धित निकायमा पहल गरिएको खण्डमा समाधान गर्न सकिन्छ । क्याम्पसको खेल मैदान सम्याउने, कक्षाकोठाको झ्याल निर्माण गर्ने, पूर्णकालीन प्राध्यापक कर्मचारी सबैलाई साझेदारीमा ल्यापटप दिने समाधानका उपायहरु हुन । यस क्याम्पसमा पुस्तकालय, वाचनालय अझ व्यबस्थित गर्ने जस्ता आवश्यक रहेका छन् ।

अन्त्यमा
हामी सवैको यो सामुदायिक क्याम्पस जनस्तरबाट बनेको हुनाले, सबैले आ–आफ्ना ठाउँबाट उठेर यसको शैक्षिक स्तर उनयनका लागि लाग्नुपर्ने त्यसमा पनि हाम्रो नगरको उच्च शिक्षाको गहना भएकाले यस क्यामपस स्तर–उन्नतिका लागि सवै वर्गका ब्यक्तिहरु अगाडि बढ्न आवश्यक रहेको छ । पार्टीभन्दा पनि संस्थाको हितमा लाग्नु जरुरी छ । अहिले यस क्याम्पसमा तमाम समस्याह? भए पनि एकएक गरी समाधान हुने कुरामा जानु एकदमै अपरीहार्यता रहेको छ । यस नगरका सवै समुदायको सार्वजनिक सम्पति यो क्याम्पस भएकाले यसलाई बचाइराख्नुपर्छ । हामी जस्तो सचेतवर्ग नागरिकले यस क्याम्पसमा के हुदै छ ? के भइरहेको छ ? चासो राख्नुपर्छ । त्यसकारण यस क्याम्पसलाई चुस्तदुरुस्त पारदर्शी बनाउन र शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन सधै सरोकारवाला, सम्वन्धित निकाय, उच्च बौद्धिक वर्गले अन्तरक्रिया गरी यस क्याम्पसको स्तर–उन्नतिका लागि सक्दो सहयोग गर्नुपर्छ । भविश्यमा शिक्षाशास्त्र संकायमा र नेपाली अङग्रेजीका बिषयमा स्नातकोत्तर तह(एमएड) सञ्चालन आउने भएकाले, यसको थप गरिमा बढ्ने भएकाले, सवै दल, तह, तत्का, बौद्दिक जगत, शिक्षक, विद्यार्थी, अभिभावक माथि उठाउन र यसको महत्वलाई वढावा दिन जरुरी छ ।
पथरीशनिश्चरे–२, स्वागतटोल, मोरङ

सम्बन्धित शीर्षकहरु