चलचित्र ‘कथा काठमाण्डु’को एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।
गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् ।
चलचित्रको लेखन ,निर्देशन तथा कोरियोग्राफी संगीता श्रेष्ठले कलात्मक ढंगले गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।