• patharionline@gmail.com
  • खुर्सानी खाने प्रतियोगिता !!!

    एजेन्सी, झण्डै डेढ अर्ब जनसंख्या भएको देश चीनमा अनेक थरी प्रतियोगिता हुन स्वभाविकै हो ।

    चीनको हुनान प्रान्तमा यस्तै एक रोचक प्रतियोगिता हुन्छ, जसमा भाग लिन जोकोहीले हिम्मत जुटाउन गाह्रो पर्दछ ।

    हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ ।

     

    खुर्सानी खाने प्रतियोगिताको विजेताले ३ ग्राम वजनको २४ क्यारेट सुनको सिक्का पाउँदछ ।

    गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात भएको हो र सुरुमा १० जनाले भाग लिएका थिए ।

    त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जिते ।

    खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।

    उक्त प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ । उक्त खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    आज श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म