#

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाशको आखै रसाउने कथा

  पथरीअनलाइन   ६ कार्तिक २०७४, सोमबार

कार्तिक ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ का ३४ बर्षिय प्रकाश राई ४ वर्षअघि रोजगारीका लागि बहराइनको अदलिया कन्ट्रयाक्टिङ कम्पनीमा पुगेका थिए ।

२०७२ माघ १९ गते कम्पनीले खटाएको ठाउँमा उहाँ काम गर्दै थिए । भवन सफा गर्ने क्रममा उनि १६ हजार भोल्टेज बिजुलीको करेन्ट बहने हाइटेन्सन तारमा परेका थिए ।

 

करेन्ट लागेपछि उनको पूरै शरीर जल्यो । भाग्यले ज्यान त बच्यो, तर दुवै हात बचाउन सकेन । दुवै हातै गुमेपछि कम्पनीले नेपाल फिर्ता पठायो । उनले दुर्घटना पञ्छात आफ्नो दुवै हात खोज्दा नभेटिएको प्रकास बताउँछन् ।

 

कम्पनीले दिएको बिमाको पैसा र प्रबद्धन बोर्डले दिएको सहयोगले जिविका चलाइरहेका प्रकाशको भनाइछ । अंगभङ भएपछि पाएको आर्थिक सहयोगले कक्षा ९ र ७ कक्षामा पढ्ने छोराछोरीका लागी पढाउने खर्च र डेरामा बसेर खाने बस्ने खर्च त्यसको ब्याजले पुगेको छ ।

 

श्रीमान प्रकास, छोरा र छोरीको खर्च जुटाउने र हेर्ने काम अहिले श्रीमती बिना राईको काधमा आएको छ । बराइनको कम्पनीले ४३ लाख ५० हजार, बैदेशिक रोजगार कल्याणकोषबाट ३ लाख र बिमा कम्पनीले ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु