• patharionline@gmail.com
  • ‘वडामा निर्वाचित भए भने नमुना वडा बनाउने योजनामा छु’

    नेकपा एमाले पार्टीबाट वडाअध्यक्षको उमेद्वार देवमणी कटुवाल
    रंगेली नगरपालीका वडा नम्वर ७

           ‘वडामा निर्वाचित भए भने नमुना वडा बनाउने योजनामा छु’

    वि.स.२०३२ सालमा पिता मचिन्द्र कटुवाल र माता टिकामाया कटुवालको कोखबाट मोरङको रंगेली नगरपालीकामा जन्मनु भएका देवमणी कटुवाल राजनीतिमा २०५० साल देखी नै नेकपा एमालेमा सकृय भई साधारण सदस्य लिएर निरन्तर पाटीको काममा व्यस्त रहेका थिए ।

    रंगेली गाउँकमीटीमा सहसचिव र पाटी सचिव भएर दुई कार्यकाल काम गरेका उनि स्वास्थ क्षेत्रमा, समाजमा निस्वार्थ जनताको पिरमार्कामा अघि बढ्दै रंगेली क्षेत्रमा पनी मिलनसार व्यक्तीको रुपमा चिरपरिचीत हुनुहुन्छ ।

    उहाँलाई सबै पाटीका साथीसंग समान व्यावहार भएको कारणले गर्दा सबैको सहयोगको अपेक्षा राखेर उहाँले २० बर्ष पछी हुन लागेको स्थानीय चुनावमा आफनो कर्मथलोमा केहीकाम गरेर जन्ता माझ आउने इच्छा भएकोले गर्दा रंगेली नगरपालीका वडा नम्वर ७ बाट नेकपा एमालेको तर्फबाट उमेदवारी दिनुभएको वडाअध्यक्षको उमेद्वार देवमणी कटुवालसँग पत्रकार रबिन्द्र बरालको अन्तरबार्ता ।

    १. पार्टीमा प्रबेश गर्नु भएको कति बर्ष भयो ?

    म नेकपा एमालेमा लागेको २४ बर्ष भयो ।

    २. पार्टीमा लागेर हाल सम्म जन्ताको लागी केके काम गर्नु भएकोे छ त ?

    जन्ताको सुख दुःखमा साथ दिएको छु । बिरामी,प्रशासन,र अस्पतालमा जनताहरुलाई लाई समस्या परेको बेला सहयोग र साथ दिएको छु ।

    ३. नेताहरुलाई जनताले हेर्ने दृष्टिकोण किन फरक हुन्छ ?

    सबै नेताहरुलाई जनताले नराम्रो भन्नु हुदैन । केही नेताको कारणले गर्दाे अरुलाई समेत जनताहरुले मन नपराएका हुन ।

    ४. तपाईलाई वडाअध्यक्षको उमेद्वारी दिन कस्ले प्रेणा दिएका दिए ?

    मलाई सबै साथीभाई समाजका अगुवा व्यक्ती र जिल्लाका अग्रज नेताहरुबाट प्रेणा पाएर उमेद्वारी दिएको हो ।

    ५. तपाईले नगरपालिकामा आउने बजेटलाई कसरी विनीयोजन गर्नु हुन्छ ?

    सबै गाउँ, टोलसम्म पुगेर त्यहाँको समस्या बुभ्mने र आवश्यक्ता अनुसार वजेट बिनीयोजन गरेर नमुना वडा बनाउने छु ।

    ६. भोट माग्न जाँँदा जनताहरुबाट के के गुनासो सुन्नु भएको छ ?

    भोट माग्न जाँदा जनताहरुले विकासको माग गरेका छन् । बाटो,स्वास्थ,विजुली, शिक्षा,कृर्षीको समस्या,सिचाईको समस्या बडी भएको गुनासो पाए ।

    प्रतिकृया दिनुहोस

    सुरुमा आफ्नै क्षेत्रमा स्टेज नपाएको आरम्भ अहिले नमुना संस्थाको रुपमा पहिचान बनाउदैछौं : अध्यक्ष समिर सुबेदी

    • ३० श्रावण २०७५, बुधबार

      अहिले यस समाजमा धेरै संघ संस्थाहरु खुलेका छन । कतिपय संस्थाहरु काम भन्दा नि नाममा मात्र सिमित रहेका वेला यतिवेला रतुवामाईमा आरम्भ नाट्य डबली

    ‘सबै दलको मन जित्न सक्ने मुख्य मन्त्री मै हुँ ’ –नेता राई

    • १५ माघ २०७४, सोमबार

    संघीय संरचना अनुसार प्रदेश सरकार बनाउने प्रक्रिया सुरु भइसकेको छ । प्रदेश – १ को प्रदेशसभाको पहिलो बैठकको आह्वान आज सोमबार गरिने बताइएको छ ।